काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मिति २०८३ भाद्र १८ गते विहीबार दिउँसो ४ः०० बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजी रू. ६,०२,१३,४८,३६७.२२ (अक्षरुपी छ अर्ब दुई करोड तेह्र लाख अड्चालिस हजार तीन सय सतसट्ठी र पैसा बाईस मात्र) को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश -प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पू¤जी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुनेछ ।
काठमाण्डौंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा ब्त्ः सहित ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।