काठमाडौं । भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवा लगायत आसपासका जिल्लाहरुमा मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति हुन गएको हामी सबैलाई विदितै छ ।
देशमा आईपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउनु हुने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै आरएसडीसीले परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
यस प्राकृतिक प्रकोपका कारण सम्पर्क विहिन हुनुभएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नु परेको पिडाप्रति संस्थाले गहिरो सहानुभूति पनि प्रकट गरेको छ ।
संकटको यस घडिमा राहत तथा उद्वार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरुले गरेको सार्थक पहल प्रति ऐक्यवद्धता जनाउँदै यस वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रु. ५,००,०००/– (अक्षरेपी पाँच लाख रुपैयाँ मात्र) सहयोग प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेल जानकारी दिए ।