२०८३ भाद्र १५ सोमबार

उदयपुरबाट १ हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
190
Shares
उदयपुरबाट १ हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित जंगलबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ। प्रहरीले १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे शान्ति सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जंगल क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले टोली परिचालन गरेको थियो। सो क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो जीपमा ल्याएर जंगलमा लुकाइराखिएको ५२ वटा बोरामा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई पक्राउ गरेको छ।

बरामद गरिएको गाँजा, बोलेरो जीप तथा पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij