२०८३ भाद्र १३ शनिबार

प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

ई आर्थिक    शनिबार, भाद्र १३ २०८३
418
Shares
प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

ई–आर्थिक, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हुनगएकोे जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुखः व्यक्त गर्दे प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग तथा रु. ७ लाख बराबरको बिभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग प्रदान गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट उक्त सहयोग रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बैंकका सञ्चालक डा. गजेन्द्र बिष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धर, कार्यवहाक महाप्रबन्धक नेपाल भुषण श्रेष्ठ र नायब महाप्रबन्धक सुरेश मान सिंहलगायतको उपस्थिति रहेको थियो ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।

प्राइम कमर्सियल बैंकले देशमा आएका प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायहरुलाई आवश्यक सहयोग गर्दे आएको छ ।

यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको राहत,उद्धार तथा पुनस्र्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगहरु प्रदान गर्दे आएको छ ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरुको राहत र पुनस्र्थापनाका लागि नेपाल सरकार तथा सम्वन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता समेत बंैकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij