२०८३ भाद्र १२ शुक्रबार

विपद्का नाममा हुने ठगीबाट बच्न सरकारको आग्रह, आधिकारिक खातामै सहयोग गर्न अपिल

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
133
Shares
विपद्का नाममा हुने ठगीबाट बच्न सरकारको आग्रह, आधिकारिक खातामै सहयोग गर्न अपिल

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग उठाउने क्रम बढेपछि सरकारले अनधिकृत क्यूआर कोड र व्यक्तिगत बैंक खातामा रकम जम्मा नगर्न आम नागरिकलाई आग्रह गरेको छ।

प्रधानमन्त्री सचिवालयले विपद्को समयमा सहयोगका नाममा विभिन्न व्यक्ति, समूह तथा संस्थाले जथाभावी क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विपद्का बेला प्राप्त सहयोगको पारदर्शी उपयोग तथा सही व्यवस्थापन सुनिश्चित गर्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र बैंक खातामार्फत मात्र आर्थिक सहयोग गर्न सचिवालयले अपिल गरेको छ।

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा संस्थाका क्यूआर कोड सार्वजनिक भइरहेका छन्। यस्ता माध्यमबाट रकम पठाउँदा ठगीमा पर्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन सरकारले आग्रह गरेको हो।

सरकारले बाढी प्रभावितलाई सहयोग गर्न आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष तथा तिनका खाता विवरण सार्वजनिक गर्दै ती खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij