२०८३ भाद्र २ मंगलबार

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा पुन: सुरु

ई आर्थिक    सोमबार, भाद्र १ २०८३
266
Shares
धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा पुन: सुरु

काभ्रेपलाञ्चोक । आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा पुन: सुरु भएको छ। अस्पतालले बीमाबापत ८ करोड रूपैयाँ प्राप्त गरेको छ।

अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य बीमा सेवा पूर्णतः स्थगित थियो।

स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा बीमितका लागि बहिरंग (ओपीडी) सेवामार्फत बीमा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। ओपीडीबाहेकका अन्य सेवा भने तत्काल बीमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको हो।

सेवा लिन आउने बिरामीले स्वास्थ्य बीमा परिचयपत्र तथा अन्य आवश्यक कागजातसहित तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ। बीमितले अस्पताल आउनुअघि पायक पर्ने प्रथम सेवा बिन्दुबाट आवश्यक प्रेषण लिनुपर्ने छ।

स्वास्थ्य बीमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन हुने छैन। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij