२०८३ साउन १७ आइतबार

ब्रोड पीकमा बेपत्ता आरोही निर्मल पुर्जा ‘निम्सदाइ’को ५७ सय मिटरमा शव फेला

ई आर्थिक    आइतबार, साउन १७ २०८३
152
Shares
ब्रोड पीकमा बेपत्ता आरोही निर्मल पुर्जा ‘निम्सदाइ’को ५७ सय मिटरमा शव फेला

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीले समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा पुर्जाको शव फेला पारेको हो। सोही स्थानमा थप तीनजनाको शव पनि देखिएको जनाइएको छ, तर उनीहरूको पहिचान अझै खुल्न सकेको छैन।

एसीपीका अनुसार ती शवलाई जापानी क्याम्पसम्म ल्याउने तयारी भइरहेको छ। कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र हिमपहिरोको उच्च जोखिमका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको क्लबले जनाएको छ।

पाकिस्तानका सञ्चारमाध्यमका अनुसार एसीपीले प्रारम्भिक जानकारीका आधारमा अपुष्ट विवरण सार्वजनिक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसअघि शनिबार पुर्जाको अभियान व्यवस्थापन गरिरहेको कम्पनी एलिट एक्स्पेडले पाकिस्तानी आरोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो।

एसीपीकी नाइला कियानीका अनुसार यसअघि नै तीन आरोहीको शव र एक अमेरिकी आरोहीको हुन सक्ने अवशेष फेला परिसकेको थियो।

एसीपीका अनुसार पाकिस्तान र नेपालका आरोही सम्मिलित आठ सदस्यीय उद्धार टोली आइतबार बिहान ९ बजुअघि क्याम्प–१ पुगेको थियो।

टोलीले अत्यन्त कठिन परिस्थितिमा ब्रोड पीकको ढिस्को क्षेत्रमा खोज तथा शव उद्धार अभियानलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij