२०८३ भाद्र २७ शनिबार

सुनचाँदीको मूल्य सामान्य घट्यो, सुन तोलामा ४०० रुपैयाँले सस्तियो

ई आर्थिक    आइतबार, असार २१ २०८३
798
Shares
सुनचाँदीको मूल्य सामान्य घट्यो, सुन तोलामा ४०० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ६१५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभावस्वरूप नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा समायोजन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij