२०८३ भाद्र २८ आइतबार

सरकारको सय दिनको कामबाट जनताले परिणाम महसुस गर्न सकेनन् : हर्क साम्पाङ

ई आर्थिक    शुक्रबार, असार १९ २०८३
836
Shares
सरकारको सय दिनको कामबाट जनताले परिणाम महसुस गर्न सकेनन् : हर्क साम्पाङ

काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको बताएका छन्।

दार्चुलाको दुर्गम क्षेत्रमा निर्माण सम्पन्न झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले प्रयास गरे पनि त्यसको परिणाम जनतासम्म अनुभूत हुने गरी नपुगेको बताए।

उनले सरकारले गरेका कामको मूल्यांकन परिणामका आधारमा हुनुपर्ने उल्लेख गर्दै जनताले परिवर्तनको अनुभूति गर्न सक्नुपर्ने धारणा राखे। पछिल्लो समय महँगी बढेकाले त्यसको नियन्त्रणलाई सरकारले प्राथमिकता दिनुपर्ने सुझाव आफूहरूले निरन्तर दिँदै आएको उनले बताए।

साम्पाङले दार्चुला भ्रमणका क्रममा त्यहाँ सञ्चार र पूर्वाधारको अभाव देखिएको उल्लेख गर्दै दुर्गम क्षेत्रको विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले हालै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेकोप्रति भने सकारात्मक प्रतिक्रिया जनाउँदै त्यसको समर्थन गरे।

दार्चुलाजस्तो विकट जिल्लाको विकाससँग जोडिने कार्यक्रममा सहभागी हुन पाएकोमा आफू खुसी रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij