काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले वृद्धि हुँदै २ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो भने शुक्रबार पुनः ठूलो परिमाणमा मूल्य बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धि र विनिमय दरको प्रभावका कारण पछिल्ला दिनहरूमा नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ।