२०८३ भाद्र २७ शनिबार

सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा १० हजारभन्दा बढीले घट्यो

ई आर्थिक    बुधबार, जेष्ठ २७ २०८३
1.6K
Shares
सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा १० हजारभन्दा बढीले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

आज सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले घट्दै आज ४ हजार ७४० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र मागमा आएको कमीका कारण मूल्यमा तीव्र गिरावट देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij