काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुन र चाँदी दुवैको भाउ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन ५ हजार ५ सय रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँले घटेको छ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।