२०८३ भाद्र २७ शनिबार

सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

ई आर्थिक    शनिबार, जेष्ठ २ २०८३
1.3K
Shares
सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागिमाएदा तोरु ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राख्नुभयो।

त्यस अवसरमा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास, आर्थिक साझेदारी तथा जनस्तरको सम्बन्ध विस्तारमा जापान निरन्तर सहयोगी रहने धारणा राख्नुभएको थियो।

भेटवार्तामा नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij