२०८३ भाद्र २९ सोमबार

नारायणी डेभलपमेन्ट बैंकद्वारा १० वर्षदेखि निष्क्रिय खाताधनीलाई रकम दाबी गर्न आग्रह

ई आर्थिक    शुक्रबार, चैत्र २७ २०८२
1K
Shares
नारायणी डेभलपमेन्ट बैंकद्वारा १० वर्षदेखि निष्क्रिय खाताधनीलाई रकम दाबी गर्न आग्रह

चितवन ।  नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले लामो समयदेखि सञ्चालनमा नरहेका तथा दाबी नगरिएका खाताका रकम हकदाबी गर्न सम्बन्धित खाताधनीलाई आग्रह गरेको छ।

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ अनुसार यस्तो जानकारी सार्वजनिक गरिएको जनाएको हो। निर्देशनको प्रावधानअनुसार १० वर्षदेखि निष्क्रिय रहेका खाताहरूको विवरण बैंकको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार १० वर्षसम्म कुनै कारोबार नभएका वा खाताधनीले रकम दाबी नगरेका खाताहरू सक्रिय गराउन तथा आफ्नो रकम फिर्ता लिन सम्बन्धित व्यक्तिहरूलाई बैंकमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

बैंकका अनुसार १० वर्षसम्म पनि कुनै दाबी नआएको अवस्थामा त्यस्ता निक्षेप रकम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’ मा जम्मा गरिने व्यवस्था रहेको छ। त्यसैले समयमै आफ्नो खाताको अवस्था बुझेर आवश्यक प्रक्रिया पूरा गर्न बैंकले ग्राहकलाई सचेत गराएको छ।

नारायणी डेभलपमेन्ट बैंकले थप जानकारीका लागि आफ्नो वेबसाइट वा केन्द्रीय कार्यालय, भरतपुर–१०, चितवनमा सम्पर्क गर्न सम्बन्धित खाताधनीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij