२०८३ भाद्र २९ सोमबार

रास्वपाबाट सभामुख पदमा डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता, प्रस्तावक रवि लामिछाने

ई आर्थिक    शुक्रबार, चैत्र २० २०८२
3.2K
Shares
रास्वपाबाट सभामुख पदमा डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता, प्रस्तावक रवि लामिछाने

आइतबार प्रतिनिधिसभाबाट निर्णय हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन्।

शुक्रबार बिहान सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। अर्यालको उम्मेदवारीमा रास्वपा सभापति तथा सांसद रवि लामिछाने प्रस्तावक रहेका छन् भने समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल छन्।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार दर्ता भएका उम्मेदवारहरूको नामावली आजै अपराह्न २:३० बजे सार्वजनिक गरिनेछ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयन प्रक्रिया अघि बढाइनेछ। उक्त बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

सभामुख पदका लागि अर्यालको उम्मेदवारीसँगै राजनीतिक गतिविधि तीव्र बनेको छ। अब प्रतिनिधिसभाको बैठकबाट नयाँ सभामुख चयन हुने प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij