ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल दुलिपमा आयोजना गरिएको कार्यक्रममा पार्टीका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले ले घण्टी बजाएर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन्।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको भूमिका तथा जिम्मेवारीका साथै पार्टीले अवलम्बन गर्नुपर्ने नीतिहरूबारे जानकारी गराइनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष तथा समानुपातिक प्रणालीमार्फत कुल १८२ सिट हासिल गरेको थियो।

