२०८३ भाद्र २९ सोमबार

रास्वपाद्वारा आफ्ना नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदै

ई आर्थिक    सोमबार, चैत्र २ २०८२
1.5K
Shares
रास्वपाद्वारा आफ्ना नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको लागि आगामी चैत्र ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षणको आयोजना गर्ने भएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भएको छ कि सो प्रशिक्षणले सांसदहरूलाई आफ्नो भूमिका र जिम्मेवारीबारे आवश्यक जानकारी दिन मद्दत गर्नेछ।

महामन्त्री बुर्लाकोटीका अनुसार, सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजे तोकिएको स्थानमा उपस्थित भई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। प्रशिक्षण बिहान १० बजेबाट सुरु हुनेछ र दुई दिनसम्म सञ्चालन हुनेछ।

पार्टीले यस अभिमुखीकरण मार्फत सांसदहरूलाई संसदिय कार्य, नीति निर्माण प्रक्रिया र जनप्रतिनिधिको कर्तव्यबारे व्यवस्थित जानकारी दिन योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij