२०८३ साउन ११ सोमबार

सहरी क्षेत्रमा बढ्न थाल्यो तापक्रम

ई आर्थिक    बिहिबार, फाल्गुन २८ २०८२
1.1K
Shares
सहरी क्षेत्रमा बढ्न थाल्यो तापक्रम

काठमाडौं। देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ। राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०-२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो।

आज मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ। आज रातिको न्यूनतम तापक्रम भने १५-१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ।

यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ। सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ।

आज विराटनगरमा ३१-३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यस्तै नेपालगञ्जमा भने ३०-३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ।

गण्डकी प्रदेशको पोखरामा आज २६-२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रतर्फ जुम्लामा २३-२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७-१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ। ‘हावाको आद्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ। आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ’ उनले भने। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij