२०८३ साउन १० आइतबार

तीन महिनादेखि कतारमा अलपत्र तीन नेपालीको उद्दार

ई आर्थिक    शुक्रबार, माघ १४ २०७३
4.8K
Shares
तीन महिनादेखि कतारमा अलपत्र तीन नेपालीको उद्दार

१४ माघ, काठमाडौं । तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा उद्दार गरिएको पीडितहरुले म्यानपावरमा बुझाएको पैसा फिर्ता गराउने पहल समेत थालिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका तिलक विष्ट,लक्ष्मणसिंह पन्त र हरिश भण्डारीको उद्धार गरिएको हो ।

काम गर्न भनी काठमाडौंको अवतार हृयुमन रिसर्च म्यानपावर कम्पनिलाई प्रतिव्यक्ति २ लाख साठी हजार रुपैयाँ बुझाएर गत कार्तिक महिनामा कतार पुगेका उनीहरुले काम नपाएर बेरोजगार भएका थिए ।

तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो । त्यसलगत्तै कतारमा रहेको नेपाली दूतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij