२०८३ साउन ११ सोमबार

तीन किलो चाँदीसहित नागढुंगाबाट एक जना पक्राउ

ई आर्थिक    मंगलबार, फाल्गुन ५ २०८२
2K
Shares
तीन किलो चाँदीसहित  नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ परेका छन्।

वीरगञ्जबाट काठमाडौं आइरहेको यात्रीवाहक बसमा शंका लागेर पर्साको फेटा गाउँपालिका-६ का आसु साबको झोला जाँच गर्दा गैरकानूनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुंगास्थित प्रहरी प्रभागले जनाएको छ।

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij