२०८३ साउन १० आइतबार

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गा जाँदै गरेको बस तामाकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु, ६ जना घाइते

ई आर्थिक    मंगलबार, माघ २७ २०८२
1.6K
Shares
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गा जाँदै गरेको बस तामाकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ : काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ३–०१००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको छ।

दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन् ।

घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय रामेछापका सूचना अधिकारी रामबहादुर केसीका अनुसार मन्थली नगरपालिका–मसानटार क्षेत्रमा आज बिहान करिब ११ बजे दुर्घटना भएको हो। बस नदीमा डुबेका कारण उद्धार कार्यमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो।

घटनास्थलमा सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटिरहेका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij