काठमाडौं । एन आई सी एशिया बैंकले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त गरेको छ ।
बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव भएकी अनुपा प्रधान राजभण्डारी बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकि छिन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु गरेकी उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकि थिइन् ।
बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ ।