२०८३ साउन १० आइतबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न,८.४२१ प्रतिशत लाभांश पारित

ई आर्थिक    मंगलबार, पौस २९ २०८२
2.7K
Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न,८.४२१ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा आज मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष श्री सम्झना अर्याल ज्यूको अध्यक्षतामा साधारण सभा सञ्चालन भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

जसमध्ये ४ प्रतिशत शेयर लाभांस र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित भएको हो ।

साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij