२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

ई आर्थिक    बुधबार, पौस २३ २०८२
2.4K
Shares
महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले  पद तथा गोपनियताको सपथ लिएका छन्  ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज  पुस २३ गते   गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्र समक्ष  पद तथा गोपनियताको सपथ लिनएका हुन्  ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा  वित्तीय सस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पुस २१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij