२०८३ भाद्र २८ आइतबार

कोरिया भाषा परीक्षामा बाह्र हजारभन्दा बढी उत्तीर्ण, यसरी हेर्नुस् नतिजा

ई आर्थिक    बुधबार, साउन ११ २०७४
9.1K
Shares
कोरिया भाषा परीक्षामा बाह्र हजारभन्दा बढी उत्तीर्ण, यसरी हेर्नुस् नतिजा

११ साउन, काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएका छन् ।

मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग नेपालअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

उत्तीर्ण भएका उम्मेदवारले स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदनलगायतमा सफलता प्राप्त गर्नुपर्ने शाखाले जनाएको छ । यसरी उत्तीर्ण भएकाहरु कोरिया जाने निश्चित भने हुँदैन । उत्तीर्ण भएकालाई प्रतीक्षा सूचीमा राखी कोरियाबाट आएको मागका आधारमा मात्रै उनीहरुलाई पठाउने गरिन्छ । उत्तीर्ण भएकाको नामावली  http://www.dofe.gov.np/new/,  www.eps.go.kr , www.mole.gov.np, www.epsnepal.gov.np  मा हेर्न सकिने शाखाले जनाएको छ ।

भाषा परीक्षाका लागि ७५ हजार ६०० जनाले आवेदन दिएकामा गत जेठमा भएको परीक्षमा ६८ हजार मात्रै परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij