काठमाडाैं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सुर्खेतस्थित वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आधिकारिक इजाजतपत्र प्रदान गरेको छ।
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था कर्णाली प्रदेशमा इजाजतपत्र पाउने पहिलो सहकारी संस्था बनेको छ ।
सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड अनुसार जारी गरिएको इजाजतपत्रले संस्थालाई बचत तथा ऋण कारोबार गर्ने अधिकार प्रदान गर्दछ।
प्राधिकरणका निर्देशक ज्ञाननाथ ढकालका अनुसार, यो इजाजतपत्रले सहकारी संस्थालाई कानूनी रूपमा दर्ता भई कारोबार सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको हो।
