काठमाडौं । रुद्रमती पुल नजिकको धोवीखोला करिडोरमा बारम्बार दुर्घटना हुने भएपछि सडक किनारमा रेलिङ राख्ने र मर्मत गर्ने काम सुरु गरिएको छ।
शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएका रेलिङको मर्मतसम्भार गरिरहेको जनाएको छ। करिडोरको केही स्थानमा रेलिङ नहुँदा दुर्घटना हुने जोखिम बढ्दै आएको थियो।
प्राधिकरणले सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै रेलिङको काम तत्कालै सम्पन्न गर्ने लक्ष्य राखेको छ।

