२०८३ भाद्र ३० मंगलबार

बैंक कर्मचारीमाथि आक्रमणप्रति एन आई सी एशिया बैंक कर्मचारी संघको घोर भर्त्सना, तत्काल कारबाहीको माग

ई आर्थिक    सोमबार, मंसिर २९ २०८२
2.3K
Shares
बैंक कर्मचारीमाथि आक्रमणप्रति एन आई सी एशिया बैंक कर्मचारी संघको घोर भर्त्सना, तत्काल कारबाहीको माग

काठमाडौं । एन आई सी एशिया बैंक कर्मचारी संघले हालै ज्योति विकास बैंक लिमिटेडका कर्जा असुली कार्यमा खटिएका कर्मचारीमाथि सार्वजनिक स्थलमा गरिएका अमानवीय र अपमानजनक व्यवहारको घोर भर्त्सना गरेको छ। संघले यस घटनाप्रति सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै तुरुन्त कारबाहीको माग गरेको छ।

संघका अध्यक्ष सुमन थापाका अनुसार, कानुनी दायराभित्र रहेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीमाथि हुने हिंसा, धम्की र अपमान सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण हो। बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएकाले ऋण असुली कार्यमा यस्ता अवरोध कानुनविपरीत र दण्डनीय अपराध हो।

संघले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा उत्पन्न संकट तथा सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बन्ने जोखिम बढेको जनाएको छ। यसैले संघले नेपाल सरकार, अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र बैंक तथा वित्तीय संस्था परिसंघ लगायत सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ।

संघले बैंक कर्मचारीहरूको सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फाँटमा खटिँदा प्रहरी समन्वय र जोखिमयुक्त कार्यमा संस्थागत संरक्षणको सुनिश्चितता गर्न पनि जोड दिएको छ। साथै, बैंकिङ संस्थाका कर्मचारी संघ तथा यूनियनहरूलाई कर्मचारीहरूको हकहित र सुरक्षा सुनिश्चित गर्न ऐक्यवद्ध रहन आह्वान गरेको छ।

संघले दोषीको पहिचान गरी कानुनअनुसार कडा कारबाही, कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षा प्रत्याभूति र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न शून्य सहनशीलताको नीति अपनाउन जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij