२०८३ भाद्र २८ आइतबार

कतार संकटको प्रभावः रोजगारीमा जाने नेपालीको संख्या घट्यो

ई आर्थिक    मंगलबार, साउन १० २०७४
6K
Shares
कतार संकटको प्रभावः रोजगारीमा जाने नेपालीको संख्या घट्यो

१० साउन, काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा डेढ महिनादेखि जारी कूटनीतिक संकट समाधान उन्मुख नभएकाले कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको छ ।

असारमा कतारमा संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५ हजार ५ सय १५ बजना रहेको छ । सो महिना कतारका लागि ३८ हजार ९ सय ८५ जनाको मागपत्र आएको थियो ।

गत वर्षको यही महिना कतारका लागि ८ हजार ८ सय ५६ जना कामदार संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ ।

सो संख्या गत वर्षको असारको भन्दा ३ सय ४१ जनाले कम हो । हाल कतारमा अन्य खाडी क्षेत्रका देशहरुले लगाएको नाकाबन्दीको प्रभावकै कारण अहिले नेपालबाट कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । आजको राजधानी दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij