२०८३ भाद्र ३० मंगलबार

सिद्धार्थ बैंकका ग्राहकले चम्पादेबी हिलसाईड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने

ई आर्थिक    सोमबार, मंसिर २२ २०८२
3.6K
Shares
सिद्धार्थ बैंकका ग्राहकले  चम्पादेबी हिलसाईड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने

ई-आर्थिक, काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले  चम्पादेबी हिलसाईड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने भएका छन्।

सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यसका साथै एसबिएलएनपिएल  टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ जस अन्तर्गत क्द्यील्एी टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij