२०८३ साउन १० आइतबार

१४ जना नवउद्यमीहरुलाई ‘उत्कृष्ट नवउद्यमी सम्मान’प्रदान

ई आर्थिक    मंगलबार, मंसिर ९ २०८२
2.7K
Shares
१४ जना नवउद्यमीहरुलाई ‘उत्कृष्ट नवउद्यमी सम्मान’प्रदान

हेटौंडा : ११औं उद्योग दिवसको अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले मंगलबार एक विशेष समारोहमार्फत १४ जना नवउद्यमीलाई ‘उत्कृष्ट नवउद्यमी सम्मान’ प्रदान गरेको छ। ‘औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार’ नारासहित मनाइएको उद्योग दिवसमा १३ जिल्लाका १३ जना नवउद्यमी र एक जना सर्वोत्कृष्ट नवउद्यमीलाई सम्मान गरिएको हो।

नुवाकोटको चिया कृषि फार्म सञ्चालन गर्दै आएका शेल्कर तामाङलाई यस वर्षको सर्वोत्कृष्ट नवउद्यमी घोषित गरिएको छ।
त्यसैगरी मकवानपुरको थाहा नगरस्थित ज्योति दामन कृषि फार्म, काभ्रेको नमुना एग्रो प्रोडक्स, दोलखाको ग्लेक्सी मौरी फर्म, भक्तपुरको चम्पक पाउ उद्योग र काठमाडौंको द हाइल्यान्ड आर्ट फेसन डिजाइन एन्ड ट्रेनिङलाई उत्कृष्ट नवउद्यमी सम्मान प्रदान गरिएको हो।

सिन्धुपाल्चोकको जौडाँडा ढाका उद्योग तथा रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्म पनि उत्कृष्ट उद्यमीको सूचीमा परेका छन्।
यस्तै, ललितपुरको स्पेसन पुष्टकारी उद्योग, नुवाकोटको नमुञ्चेत कृषि फर्म, रामेछापको हिमालयन ह्यान्डीक्राफ्ट एग्रो नेपाली कागज उद्योग, सिन्धुलीको उज्यालो साबुन उद्योग, धादिङको पवित्रा कृषि तथा पशुपन्छी फर्म तथा भरतपुरको अर्बन नेस्ट बुटिक एन्ड रेन्टल हाउस सम्मानित अन्य उत्कृष्ट फर्मका रूपमा चयन भएका छन्।

समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सर्वोत्कृष्ट तथा उत्कृष्ट नवउद्यमीहरूलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेका थिए। सर्वोत्कृष्ट उद्यमीले एक लाख रुपैयाँ प्राप्त गर्दा अन्य १३ उत्कृष्ट उद्यमीले जनही ४० हजार रुपैयाँ प्राप्त गरे।

उद्योग वाणिज्य मन्त्री विन्दु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्मानित नवउद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूका १४ वटा स्टलसमेत प्रदर्शनीमा राखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij