२०८३ भाद्र ३० मंगलबार

एन आई सी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा रावल र प्रमुख गुनासो अधिकारीमा खड्का नियुक्त

ई आर्थिक    बिहिबार, मंसिर ४ २०८२
2.8K
Shares
एन आई सी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा रावल र प्रमुख गुनासो अधिकारीमा खड्का नियुक्त

ई-आर्थिक, काठमाडौं ।  एन आई सी एशिया बैंकले प्रमुख सूचना अधिकारी (CIO) र प्रमुख गुनासो अधिकारी (CGO) पदमा नयाँ नियुक्ति गरेको छ। बैंकका अनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई प्रमुख सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्कालाई प्रमुख गुनासो अधिकारीको रूपमा नियुक्त गरिएको हो।

उनीहरूको नियुक्ति मिति २०८२/०८/०३ गतेदेखि लागू हुने बैंकले जनाएको छ।

नव–नियुक्त प्रमुख सूचना अधिकारी रावलसँग बैंकसम्बन्धी आधिकारिक सूचना तथा जानकारीका लागि मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिनेछ।

यसैगरी, बैंकका सेवा तथा सुविधासम्बन्धी कुनै पनि गुनासोका लागि प्रमुख गुनासो अधिकारी खड्कालाई मोबाइल नम्बर ९८०१९७७९३६, कार्यालयको ०१–५९७०१०१ वा [email protected]
मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

उक्त जानकारी प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij