२०८३ भाद्र ३० मंगलबार

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘ओम अध्याय रिट्रिट’मा १५ प्रतिशतसम्म छुट सुविधा

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८२
2.5K
Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई ‘ओम अध्याय रिट्रिट’मा १५ प्रतिशतसम्म छुट सुविधा

काठमाडौं ।  एनआईसी एशिया बैंकका ग्राहकहरूले मकवानपुरको थाहा क्षेत्रमा अवस्थित ओम अध्याय रिट्रिटमा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्। बैंक र रिट्रिटबीच भएको समझदारीपछि बैंकका ग्राहकहरूले डिजिटल भुक्तानीमार्फत विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको हो।

बैंकका अनुसार, ग्राहकहरूले रिसोर्टमा सेवा लिँदा प्याकेजमा १५ प्रतिशतसम्म तथा खाना र पेयपदार्थमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यो सुविधा एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका लागि लागू हुनेछ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले यस सहकार्यले ग्राहकहरूलाई छुटको सुविधा प्रदान गर्नुका साथै देशभर डिजिटल भुक्तानी संस्कृतिलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज, आकर्षक र नगदरहित भुक्तानी सेवामा जोड दिँदै आगामी दिनहरूमा यस्ता सहकार्य विस्तार गर्ने योजना पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij