२०८३ भाद्र ३० मंगलबार

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था र प्रभु बैंकबीच विशेष छुट सम्झौता

ई आर्थिक    शुक्रबार, असोज ३१ २०८२
5.1K
Shares
आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था  र प्रभु बैंकबीच विशेष छुट सम्झौता

ई-आर्थिक, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको हो ।

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट केन्द्रीय व्यावसायिक केन्द्रका प्रमुख श्री लेख बहादुर पुन ले उत्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड मा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ख सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको –२०२५ अवार्डको रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij