२०८३ भाद्र ३० मंगलबार

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

ई आर्थिक    आइतबार, असोज २६ २०८२
6.2K
Shares
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

ई-आर्थिक, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले उक्त लाभांशमा कर प्रयोजनको रकम समेत समावेश गरिएको स्पष्ट पारेको छ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भई वितरण गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित बैंक हो ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij