२०८३ साउन १० आइतबार

हेटौडा–भैंसे हुँदै काठमाडौँ जाने सडकमा राति सवारी चलाउन रोक

ई आर्थिक    सोमबार, असोज २० २०८२
3.4K
Shares
हेटौडा–भैंसे हुँदै काठमाडौँ जाने सडकमा राति सवारी चलाउन रोक

ई-आर्थिक, मकवानपुर ।   असोज १७ र १८ गतेको लगातारको भारी वर्षापछि क्षति पुगेको हेटौडा–भैंसे हुँदै काठमाडौँ जाने सडक खण्डमा सवारी आवागमनमा अस्थायी रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले असोज २० गते एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि  बेलुका ६ बजेबाट बिहान ५ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सवारी साधनको आवतजावतमा प्रतिबन्ध लगाएको जनाएको छ।

सूचनामा भनिएको छ, “वर्षापछि मौसममा भइरहेको क्रमिक सुधार र सडकको अवस्थालाई मध्यनजर गर्दै सुरक्षाका कारण यो निर्णय गरिएको हो।”

यस अवधिमा यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता र सावधानीका साथ यात्रा गर्न आग्रह गरिएको छ। रोक लगाइएको समय बाहेक अन्य समयमा यात्रा गर्न चाहनेहरूलाई जोखिमपूर्वक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा जारी उक्त सूचनाले यात्रुहरू र सवारी चालकहरूलाई सावधानीपूर्वक यात्रा योजना बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij