२०८३ साउन १० आइतबार

सिंहदरबार फिर्ति सामान्य अवस्थातर्फ, सरसफाइदेखि रंगरोगनसम्म (फोटो फिचर)

ई आर्थिक    बिहिबार, असोज २ २०८२
2.2K
Shares
सिंहदरबार फिर्ति सामान्य अवस्थातर्फ, सरसफाइदेखि रंगरोगनसम्म (फोटो फिचर)

ई-आर्थिक, काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबारभित्रका संरचनाहरूको सरसफाइ तथा रङरोगन गर्ने काम सुरु गरिएको छ। आन्दोलनका कारण सिंहदरबारको भित्री भागमा तोडफोड र फोहोर भएको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर सफाइ अभियान सुरु गरिएको हो।

सफाइ तथा रङरोगनको काम अर्थ मन्त्रालय परिसरबाट सुरु गरिएको छ। क्रमशः अन्य मन्त्रालयका भवनहरूमा पनि काम विस्तार गरिने बताइएको छ।

सरकारी स्रोतका अनुसार सिंहदरबार परिसरलाई पूर्ववत् अवस्थामा ल्याउन र प्रशासनिक गतिविधि सहज बनाउन आवश्यक सम्पूर्ण मर्मत–सम्भार कार्य छिटो सम्पन्न गर्ने लक्ष्य लिइएको छ। मन्त्रालयहरू पुनः सक्रिय रूपमा सञ्चालनमा ल्याउन कामलाई तीव्रता दिइएको हो।

सरकारले जेनजी आन्दोलनपछिको अवस्थालाई सामान्य बनाउँदै सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले सिंहदरबार क्षेत्रको अवस्थापनामा विशेष ध्यान दिएको छ।

यसरी हुँदैछ सिंहदरवारमा काम

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij