काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा सुदेश खालिङलाई पुन: नियुक्त गरिएको छ। बैंकको सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि थप जिम्मेवारी दिएको हो।
सुदेश खालिङसँग बैंकिङ क्षेत्रमा साढे तीन दशकको लामो अनुभव छ। एभरेष्ट बैंकको पहिलो नेपाली सीईओको रुपमा नियुक्त हुनु अघि खालिङले पन्जाब नेशनल बैंकको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा भारतीय नागरिक सीईओको रूपमा काम गरेका थिए। खालिङ यसअघि लक्ष्मी बैंकको सीईओ र सिटिजन्स बैंकको सञ्चालकको भूमिकामा समेत काम गरिसकेका छन्।
नेपालका लागि सीईओ नियुक्ति गर्नु अघि एभरेष्ट बैंकमा भारतीय नागरिक मात्रै प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। भारतको पञ्जाब नेसनल बैंकले एभरेष्ट बैंकको २० प्रतिशत हिस्सा राखेको छ।
खालिङको पुनः नियुक्तिले एभरेष्ट बैंकको नेतृत्वमा स्थिरता ल्याउने विश्वास गरिएको छ, साथै उनी बैंकका रणनीतिक योजना र ग्राहक सन्तुष्टि बढाउने योजनामा सक्रिय रहने बताइएको छ।