२०८३ भाद्र ३० मंगलबार

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
4.7K
Shares
नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित

ई-आर्थिक, काठमाडौं ।  नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ ।

बैंकले जोखिम व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन, उत्कृष्ट बैंक र सम्पत्ति गुणस्तरमा उत्कृष्ट प्रदर्शन ( Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality ) बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।

भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत,  राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गर्नुभएको थियो ।

यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij