२०८३ साउन ११ सोमबार

दार्चुला पावरले ३० लाख कित्ता शेयर निष्कासन गर्ने

ई आर्थिक    सोमबार, भाद्र २ २०८२
3.9K
Shares
दार्चुला पावरले ३० लाख कित्ता शेयर निष्कासन गर्ने

ई-आर्थिक, काठमाडौं ।   दार्चुला पावर प्रा.लि.ले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ। प्रतिकित्ता रु. १०० अंकित मूल्यको यो शेयर कम्पनीको कुल जारी पूँजीको २० प्रतिशत हो।

शेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि दार्चुला पावरले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा कम्पनीका अध्यक्ष सतीश न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतापछि कम्पनीले आफ्नो जलविद्युत् विकास सम्बन्धी योजनाहरूलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।

दार्चुला पावर हाल दार्चुला जिल्लाको मार्मा गाउँपालिकास्थित २८.३०४ मेगावाट क्षमताको चमेलिया रन अफ रिभर जलविद्युत् आयोजनाको निर्माणमा संलग्न छ। उक्त आयोजना १८ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ।

चमेलिया आयोजना एपीआई पावर कम्पनी लिमिटेडको प्रमुख प्रर्वद्धनमा  निर्माणाधीन रहेको छ, जसले नेपालको विद्युत् क्षेत्रमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij