ई-आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिन अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौंमा रहेको अन्नपूर्ण न्युरो हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले इन हाउस प्याथोलोजी, आउटसोर्सिङ परीक्षण, रेडियोलोजी, एम्बुलेन्स, सामान्य बेड शुल्क, आईसीयू/शल्यक्रिया शुल्क सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।