२०८३ साउन ११ सोमबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
5.5K
Shares
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

ई-आर्थिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छिन्।

न्यौपाने नेकपा एमाले तर्फबाट राष्ट्रिय सभाका सदस्य हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार मन्त्री पदमा नियुक्त  गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई तोकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस मागेको अडियो काण्ड बाहिर आएपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij