२०८३ भाद्र २९ सोमबार

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, कार्यअनुभवमा कैफियत देखियो

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
3K
Shares
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, कार्यअनुभवमा कैफियत देखियो

ई-आर्थिक,  काठमाडौं । कार्यअनुभवमा कैफियत देखिएपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । उनको कार्यअनुभवको विषयलाई लिएर अख्तियारले प्रश्न उठाएपछि उनी निलम्बनमा परेका हुन्

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्राधिकरणका अध्यक्ष ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेको थियो ।

साथै, पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

बीमा प्राधिकरणको जिम्मेबारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले पाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij