२०८३ भाद्र २९ सोमबार

सुनको मूल्य बढ्यो, सुन तोलामै २४ सय रुपैयाँले महंगियो

ई आर्थिक    मंगलबार, असार १७ २०८२
5.8K
Shares
सुनको मूल्य बढ्यो, सुन तोलामै २४ सय रुपैयाँले महंगियो

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज  सुन प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो  ।

बजारमा  सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।  सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।

साथै  बजारमा चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला दुई हजार १५५ रूपैयाँमा किनबेच भइरहेको महासंघले बतायो ।   सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij