ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ सयले बढेको हो ।
आज बजारमा सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो । शुक्रबार बजारमा सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
कारोबारको पहिलो दिन चाँदीको मूल्यपनि तोलामा १० रुपैयाँले बढेको हो । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५०रुपैयाँमा कारोबार भएको थियो ।