२०८३ भाद्र २९ सोमबार

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा एतिहासिक रेकर्ड कायम

ई आर्थिक    बुधबार, असार ४ २०८२
6.1K
Shares
सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा एतिहासिक रेकर्ड कायम

ई-आर्थिक, काठमाडौं । बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज नेपाली बजारमा चाँदीको मूल्यले एतिहासिक रेकर्ड राख्दा सुनको मूल्यमा पनि सामान्य बृद्बी भएको छ ।

चाँदीको मूल्यमा ६५ रुपैयाँ बढ्दै एतिहासिक रेकर्ड कायम गरेको छ भने सुन तोलामा ९ सयले बढेको हो ।

बजारमा  सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले बतायो । मंगलबार बजारमा सुन प्रतितोला ला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज  चाँदीको मूल्य पनि तोलामा  प्रतितोला २२ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।  चाँदीकाे मूल्यले गत जेठ २७ गते कायम दुई हजार १६५ रुपैयाँको उचाईलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायीहरुले एक सातादेखि सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था हटाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij