२०८३ भाद्र २९ सोमबार

रिलायबल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बीमा दाबी भुक्तानी

ई आर्थिक    शनिबार, जेष्ठ १० २०८२
2.6K
Shares
रिलायबल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बीमा दाबी भुक्तानी

ई-आर्थिक, काठमाडौ ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत रु. २० लाख रुपैयाँको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ। कम्पनीको हाकिमचोक शाखा, भरतपुरमार्फत चितवनको भरतपुर–८ निवासी बीमित महेश बानीयालाई सो रकम हस्तान्तरण गरिएको हो।

बानीयाले २०७८ साल चैत्रमा २० लाख रुपैयाँको जीवन बीमा पोलिसा खरिद गरेका थिए, जसको अवधि १५ वर्षको रहेको थियो। बीमा अवधि अन्तर्गत उनले केही किस्तामात्र बीमाशुल्क तिरेको अवस्थामा, २०८० साल माघमा सामान्य स्वास्थ्य परीक्षणका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा उनको कलेजोमा समस्या देखिएको थियो। थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा लगिएको र चिकित्सकको सल्लाहअनुसार २०८० साल पौष २७ गते कलेजो प्रत्यारोपण गरिएको थियो।

नेपालमा अत्यन्तै महँगो मानिने कलेजो प्रत्यारोपणको खर्च करिब ३० लाखसम्म पर्ने गर्द छ। बीमितले समयमै बीमा कम्पनीलाई जानकारी गराएर आवश्यक कागजात पेस गरेपछि कम्पनीले दाबी प्रक्रिया अघि बढाउँदै समयमै उक्त रकम भुक्तानी गरेको हो।

बीमा दाबी भुक्तानी कार्यक्रम २०८१ साल जेठ १० गते, बुधबार हाकिमचोक शाखामा आयोजित विशेष समारोहमा सम्पन्न भयो। कार्यक्रममा शाखा प्रमुख राजकुमार दाहालले बीमित महेश बानीयालाई रु. २० लाखको चेक हस्तान्तरण गरे।

उक्त अवसरमा बीमित बानीयाले कठिन समयमा कम्पनीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै, बीमा दाबी प्रक्रिया सहज र विश्वासिलो रहेको स्पष्ट पारे। साथै, आफ्नो बीमा अभिकर्ता सरस्वती गौतमलाई धन्यवाद दिँदै अन्य व्यक्तिलाई पनि जीवन बीमा गराउन प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा बीमाको महत्व, बचत, बोनस तथा नेपालमा बीमा क्षेत्रमा देखिएको अवस्थाबारे चर्चा गरिएको थियो। वक्ताहरूले भविष्यमा देखिन सक्ने जोखिमको क्षति न्यूनीकरणका लागि अहिलेको स्वस्थ अवस्थामा नै बीमा गर्नु जरुरी रहेकोमा जोड दिएका थिए।

सो कार्यक्रममा हाकिमचोक शाखाका वरिष्ठ एजेन्सी म्यानेजर मनोज चौलागाईं, बिष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, जानकी शाह श्रेष्ठ लगायत अन्य एजेन्सी म्यानेजर, कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij