ई-आर्थिक, काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा भएको छ । उक्त कार्यक्रम बिहान ११ बजे भएको हो ।
सभाले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाह सम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति वैशाख ३० गते निर्धारण गरिसकेको छ। तसर्थ, सो मितिभन्दा अगाडि कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।