२०८३ भाद्र २९ सोमबार

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन:सुरेश प्रसाद खत्री नियुक्त

ई आर्थिक    आइतबार, जेष्ठ ४ २०८२
5.9K
Shares
नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन:सुरेश प्रसाद खत्री नियुक्त

ई-आर्थिक, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले पहिलो चार वर्षे कार्यकाल पूरा गरेका खत्रीलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो।

खत्रीको दोस्रो कार्यकाल जेठ ३ गतेदेखि सुरु भए पनि सार्वजनिक बिदा परेकोले उनले जेठ ४ गतेदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

करिब तीन दशकदेखि बीमा क्षेत्रमा संलग्न खत्रीले  नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत कार्य अनुभव बटुलेका थिए। उनी गत पुस ५ गतेदेखि कार्यवाहक सीईओका रूपमा जिम्मेवारीमा थिए।

बीमा समितिबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सञ्चालक समितिले खत्रीलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij