२०८३ भाद्र २९ सोमबार

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
6.6K
Shares
नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

ई-आर्थिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५६औं वर्षगाँठ पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा कोशी प्रदेश कार्यालय, विराटनगरले विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरेको छ।

मोरङ रेडक्रस सोसाइटी च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा जीवन, निर्जीवन, लघु बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। बीमा क्षेत्रसँग प्रत्यक्ष रूपमा आबद्ध बीमाकर्मीहरूको संयुक्त प्रयासमा ८१ पिन्ट रगत संकलन भई उल्लेखनीय मानवीय योगदान गरिएको नेपाल बीमा प्राधिकरण विराटनगरका प्रमुख विनोद कुमार पोखरेलले जानकारी दिए ।

उनले बीमाकर्मीहरू सामाजिक सेवामा समेत समर्पित छन् भन्ने आजको उदाहरणले प्रमाणित गरेको बताए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले आगामी जेष्ठ १ गते बिहान ८ बजे विराटनगरको तिनपैनीदेखि महेन्द्रचोकसम्म प्रभातफेरी आयोजना गर्ने जानकारी दिएको छ। बीमा दिवस तथा ५७औं वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिने उक्त प्रभातफेरीले बीमा सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बीमा क्षेत्रमा योगदान पुर्‍याउँदै सामाजिक उत्तरदायित्व पनि बहन गरिरहेको नेपाल बीमा प्राधिकरणको यो पहल सराहनीय कार्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij